काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौं फर्किर्दै छन्। उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेका छन्। गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज विमास्थलमा पूर्वराजालाई स्वागत गर्नको लागि भन्दै धूमधाम तयारी गर्न सुरु गरिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.