काठमाडौं – टेम्केमैयुङ गाउँपलिकाले महिलालाई उद्यमशीलतासँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।गाउँपालिकाले अचार बनाउने, ढाका कपडा बुनाइ, सिलाइ कटाइ, महिला लक्षित बेमौसमी तरकारीखेतीलगायत महिला लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरेर आवश्यक सीप प्रदान गरिरहेको छ । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताएका छन्। महिलालाई आवश्यकताका आधारमा सीप प्रदान गरिएको उहाँको भनाइ छ । सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले बताएका छन्।
गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै महिलालाई व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको उनले जानकारी दिएका छन् । “महिलालाई स्वरोजगारसँगै उद्यमी बन्ने खालका कार्यक्रममा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भने, “सीप जीवन गुजारा गर्ने सबैभन्दा ठूलो माध्यम हो, गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने खालका सीपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ, व्यावसायिक रुपमा अचार बनाएर जीविकोपार्जन गर्नसक्ने वातावरण निर्माणका लागि तालिम दिएका हौँ ।” बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाभित्रका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम दिइएको हो । आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ नागिकी सम्झना राईले बताउनुभयो । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रुपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको उनले बताएका छन् ।
“आफ्नै ठाउँमा सीप लिन पाउँदा खुसी लागेको छ”, उनले भने, “सीप नहँुदा घरायसी काममा समय बितिरहेको थियो, सीप भएपछि आफ्नै ठाउँमा पाउने विभिन्न कच्चा पदार्थबाट अचार बनाएर राम्रो आम्दानी लिन सकिने रहेछ, सिकेको सीपलाई व्यवहारमा ल्याएर काम गर्ने मेरो लक्ष्य छ ।”सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीय क्षमादेवी राईले बताएका छन् । तालिम लिएपछि गाउँघरमा सहजै रुपमा पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिने रहेछ भन्ने ज्ञान पाएको उहाँको भनाइ छ । “तालिमबाट जीवन उपयोगी सीप लिने अवसर मिल्यो”, उनले भने, “सीप नभएर नै हामी व्यावसायिक बन्न नसकेका रहेछौँ, सीपलाई सदुपयोग गर्नसकेमा घर खर्च चलाउन समस्या नहुने रहेछ ।” सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायतका ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताएका छन् । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चापदार्थबाट व्यावसायिक रुपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ ।
झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएका खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उनले बताएयका छन्। “सीपले हामीलाई व्यावसायिकसँगै आत्मानिर्भर बनाउन मद्दत गर्दछ”, उनले भने, “व्यावसायिक रुपमा अचार उद्योग सञ्चालन गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ, यहाँ अचारका लागि कच्चा पदार्थ अभाव छैन, गाउँघरमा पाउने सामग्रीलाई थोरै मेहतन गरेर आम्दानीको स्रोत बनाउन सकिन्छ, मैले यहाँका सहभागी महिलालाई स्थानीयस्तरमा पाउने सामग्रीबाट ११ प्रकारका अचारसँगै अदुवा, अमलाबाट क्यान्डी बनाउने सीप दिएकी छु ।”अचार राम्रो ढङ्गले भण्डारण तथा प्याकेजिङ र ब्रान्डिङ गर्न सकेका खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने उहाँको भनाइ छ । बजारमा अचारको माग राम्रो रहेको उनले बताएका छन् ।रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.