काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले थप पदपूर्तिका लागि एक सूचना जारी गरेको छ । जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न गत भदौ २८ गते प्रकाशित विज्ञापनमा माग पद सङ्ख्या थप गरिएको सूचनामा उल्लेख छ ।
सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिटमा २०७९ माघ २४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाउन थप दरखास्त मागिएको हो ।
समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट २०७९–८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानुनमा व्यवस्था भए बमोजिम गर्ने गरी थप पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.