
मोरङ, ३ वैशाख – कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन यही वैशाख १८ र १९ गते विराटनगरमा हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत्, पूर्वाधार निर्माणलगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, निजी क्षेत्र, गैरआवासीय नेपाली एवं प्रत्यक्ष वैदेशिक लगानीका रु एक खर्ब ३९ अर्ब ३० करोड ५२ लाख विभिन्न परियोजनामा प्रतिबद्धता आउने विश्वास गरिएको छ ।
सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने विश्वास गरिएको छ । सम्मेलनबाट कोशी प्रदेश प्रमुख लगानीको गन्तव्यस्थलका रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिनुका साथै प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्नेछ ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनले प्रदेशको औद्योगीकीकरण र रोजगारी सृजनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताएका थिए । उनले प्रदेशमा पुँजी निर्माणका लागि सम्मेलन आयोजना गरेको हो भन्दै यसमा निजी क्षेत्र, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउनु मुख्य उद्देश्य रहेको उल्लेख गरेका थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा औद्योगीकरणका लागि आवश्यक जग्गा लिजमा दिन, विद्युत् महसुल अनुदान दिने आवश्यक कानुन निर्माण गरी कोषको स्थापना गर्ने जानकारी दिएका थिए । उनले विगतको अनुभवका आधारमा भोलि कार्यान्वयनमा जाने योजनामा सम्झौता गरिने जानकारी दिँदै प्रदेशमा उद्योग स्थापनाका लागि एकद्वार प्रणालीमार्फत सहजताका लागि आवश्यक कानुन निर्माण र संशोधन गरिने बताएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्ताहरूलाई सहज वातावरण सिर्जना गर्न प्रदेश सरकार अध्यादेशमार्फत कानुन संशोधन गरी नीतिगत व्यवस्था गर्ने धारणा राखेका थिए ।
लगानी सम्मेलनका संयोजक एवं प्रदेशका सचिव पवनकुमार तिम्लिसिना र प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा सरोज कोइरालाले प्रदेशमा सार्वजनिक, निजी र साझेदारी अन्तर्गतका परियोजनालाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुन, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गरिने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले सम्मेलनलमा यस क्षेत्रमा उद्यौगिक वातावरण कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै प्रदेश सरकार यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरेमा ठूला–ठूला उद्योग स्थापन गर्न थप लगानी भित्रिने विश्वास जनाएका थिए ।
सो अवसरमा अनन्त न्यौपाने, वेदराज पौडेल, अर्जुन आचार्य, मीनकुमार नवोदित श्रेष्ठलगायत सञ्चारकर्मीहरूले सम्मेलनका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.