काठमाडौंं – बाँकेबाट कामको सिलसिलामा कतार पुगेकाहरूले त्यहाँ रहेका नेपालीलाई अप्ठेरो पर्दा उपचारमा सहयोग पु¥याउने उद्देश्यले आज दोहामा रक्तदान कार्यक्रम गरिएको छ । बाँके सेवा समाज कतारको आयोजनामा भएको कार्यक्रममा त्यहाँस्थित हमाद हस्पिटलको रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपालीहरू कतारमा विभिन्न जोखिमपूर्ण काममा रहेका र कहिलेकाहीँ दुर्घटना पर्दा वा बिरामी हुँदा रगत पाउन गाह्रो हुने गरेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष हेमराज रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीय समयअनुसार आज बिहान ८ देखि १ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन् । आगामी दिनमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको रिजालले बताएका छन् । कतारमा तीन लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेका दोहास्थित नेपाली दूतावासले जनाएको छ । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.