
महोत्तरी, ७ वैशाख – नयाँवर्ष २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् । नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरुमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरुमा छाएको छ । गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको छ । पर्याप्त वर्षा भएपछि पानीका मुहान रसाउन थालेका छन् ।
पानी परेपछि बर्दिवास–१४ का रामनरेश महतो दङ्ग हुनुहुन्छ, “यसपाली सहकाल आउने आशा जाग्यो ।” “नयाँ वर्षले राम्रै लक्षण देखाएको छ, वर्ष सुरु हुनपूर्वदेखि नै पानी परेको छ” महतोकै छिमेकी ७५ वर्षीय चन्देश्वर साहले भने, “दिनको सङ्केत बिहानीले गर्छ भन्छन्, यो वर्षको सुरुमै परेको वर्षाले आशा पलायो ।”
बर्दिवास चोकमाथिका पानीखोल्सी, दूधमारा खोल्सी र दाहाल्नी खोल्सीका मुहानमा पनि पानी रसाएको छ । चौध वडा भएको बर्दिवास नगरपालिकामा ५० जति बस्ती छन् । तीमध्ये अधिकांशमा नदी, खोल्साखोल्सीको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने पानी नै खानेपानीको मुख्य स्रोत हो । बर्दिवासका वडा नं ६, ७, ९, १२ र १३ मा भने खानेपानीको स्रोत इनार छन् । बर्दिवास–१२ का मेघरोल, जुडी र चल्कीमा इनारसँगै चापाकल पनि प्रयोगमा छन् ।
यसैगरी, १२ वटा वडा भएको गौशाला नगरपालिकाका आधा बस्तीमा खोल्साखोल्सी र बोरिङबाट ट्याङ्कीमा भण्डारण गरिएको पानी धाराबाट वितरण प्रणालीबाट आपूर्ति हुँदैछ । गौशालाका अन्य आधा बस्तीमा इनार र चापाकल प्रयोगमा छन् । खानेपानीको समस्या व्यहोर्दै आएको भङ्गाहाका ४ र ५ का वडाका बस्तीमा इनार छन् । ती इनारमा पनि पानी रसाएको छ । ती फागुनदेखि नै सुकेका थिए । इनारमा पानी रसाएपछि गाउँलेहरु दङ्दास छन् ।
पानी परेसँगै किसानका खेतबारीमा उखु, मकै, सागसब्जी लहलहाएका छन् । आँप, लिची र रुखकटहरमा चिचिला पोटिन थालेका छन् । बर्दिवास–७ प्रेमनगरका ७० वर्षीय किसान रामउद्गार महतो जिल्लामा सहकाल प्रारम्भ भएको ठान्नुहुन्छ । खेतीपाती, व्यापार–व्यवसाय र अन्य काममा लाग्न आफूहरुलाई सहज भएको उनले बताएका थिए ।
महोत्तरीको ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अधिकांश खेती आकासे पानीका भरमा गर्नुपर्दा किसान अब पानी राम्ररी पर्ने आशामा छन् । जिल्लामा खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ सुविध छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.