
घोराही (दाङ), ३ असारः यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरु, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका–१४ का स्थानीय जुनु मगर बताउनुहुन्छ । यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उनको भनाइ छ ।
भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरुको छ । मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् । यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रुपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताएका थिए ।
दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदैछ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् । भूमे पर्वका अवसरमा मगर समुदायका विभिन्न समूहले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाइरहेका छन् । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताउनुभयो । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी आएका मगर समुदायको बसोबास छ ।“पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन,” उपाध्यक्ष रोकाले भने, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।” रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live


नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छः महासचिव पोखरेल


हामी मिसन - ८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री





COMMENT
.