
काठमाडौं – हरेक पाँच वर्षमा एकपटक ‘गढीमाई’को चर्चा परिचर्चा चुलिने गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बहस हुने यो मेला यसपालि पनि चलिरहेकै छ । हरेक पाँच वर्षमा मङ्सिर १ गतेदेखि सुरु हुने यो मेला एक महिनासम्म चल्छ । मधेसका विभिन्न जिल्लाका ११ स्थानमा यो मेला लाग्छ । तर सबैभन्दा धेरै भने बाराको वरियापुरको गढीमाई मन्दिर चर्चामा रहन्छ ।
यो चर्चाको पनि आफ्नै कथाहरू छन् । मन्दिर अनि मेलाका आ–आफ्नै कहानी र किंवदन्तीहरू छन् । मिथक र विश्वासहरू छन् । यो मन्दिरमा हरेक पाँच वर्षमा लाखौं पशुपंक्षीको बली चढान्छ । राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा पनि यही बलीका कारण मन्दिर र मेलाको चर्चा हुने गर्छ । खासगरी पशु अधिकारकर्मीहरूले बलिप्रथाको विरोध गर्छन् । हरेक प्राणीलाई बाँच्ने अधिकार बराबर भएको भन्दै अधिकारकर्मीहरूले बली प्रथा रोक्न सरकारलाई दबाव पनि दिँदै आएका छन् । सरकारले पनि त्यहीअनुसार बलिलाई व्यवस्थित र नियन्त्रण गर्ने प्रयासहरू गरिरहेको छ । तथापि लाखौं मानिसको आस्था जोडिएका कारण अहिलेसम्म पनि यहाँ बलि रोकिएको छैन । नेपालमात्रै नभएर यो मेलामा छिमेकी भारतका हिन्दू समुदायको पनि उत्तिकै सहभागिता रहन्छ । एक महिनासम्म लाखौंं मानिसले भरिने यो मेला एकप्रकारको धार्मिक महाकुम्भजस्तै हुन्छ ।
खासगरी आदिवासी समुदाय थारुहरूको इतिहास र धार्मिक विश्वास गाँसिएको यो गढीमाई मन्दिर र मेलासँग अहिले हरेक हिन्दूको आस्था पनि उत्तिकै गहिरो छ । खासगरी समाजमा पछि पारिएका थारुहरूले यो मन्दिरलाई आफ्नो पूर्खाको धार्मिक अवयवका रुपमा पनि लिने गरेका छन् । अहिले पनि यो मन्दिरका मूल पूजारी थारु समुदायबाटै हुन्छन् ।
हालका पूजारी पनि यो मन्दिर स्थापना गर्ने उनै मूल थारुका पुस्ता मानिन्छन् । मन्दिर स्थापनाका पछाडि जोडिएका किम्बदन्तीअनुसार कैद सजाय भोगिरहेका एकजना थारु समुदायका व्यक्ति भगवान दास थारु सपनामा तुलजा भवानी (गढीमाई)को दर्शन पाउँछन् । र, भवानीले एउटा त्रिशुल उनलाई दिएकी हुन्छिन् । कैद भुक्तान गरेर घर फर्किने बेलामा भगवानदासले त्यो त्रिशुल एक ठाउँमा गाडिदिन्छन् । त्यही ठाउँमा मन्दिर बन्छ र त्यसपछि मेलाको सुरुवात हुन्छ । त्यो त्रिशुल गाडिएको स्थान अर्थात् हालको बारा जिल्ला बरियापुरमा बनेको मन्दिरमा रहेको भवानीको मूर्ति आफै स्थापना भएको पनि किंवदन्ती छ ।
हिन्दुहरूको आस्थामा रहने शक्तिपीठमध्ये यो पनि एउटा शक्तिपीठ हो । शक्तिपीठहरूको शिवपत्नी सतिदेवीको अङ्गहरू पतन भएको धार्मिक विश्वास पनि छ । अर्को किंवदन्तीअनुसार भगवान विष्णुले राक्षसहरूको बध गर्न देवीको रुप धारण गरेका थिए । देवीले रक्षसहरूको बध गर्छिन् र युद्धबाट थाकेर उनी त्यहाँको जंगलमा आराम गर्न पुगेकी थिइन् । त्यसैले त्यहाँ उनको मूर्ति आफैँ उत्पन्न भएको भन्ने पनि पौराणिक मान्यता छ ।
त्यसबेलादेखि यिनै थारु परिवारले मन्दिरको संरक्षण, संवद्र्धन र देवीको पूजाआजा गर्दै आएको र उनका सारा पुस्ता कोही न कोही यो मन्दिरमा जोडिने गरेको जनश्रुतीहरू पनि स्थापित भएका छन् । जे जस्तो भए पनि गढीमाई देवीलाई साक्षात् देवीको प्रतीकका रुपमा लिइन्छ । त्यसैले अरु शक्तिपीठभन्दा यो मन्दिरको महत्व अझ बढ्न गएको पाइन्छ ।
यो पौराणिक परिघटना लगभग १७ औंं शताब्दीतिर भएको मानिन्छ । त्यस हिसाबले यो मन्दिर र मेलाको इतिहास लगभग चार सय वर्ष पुरानो छ । सदियौं पुरानो इतिहास र मान्यताहरूलाई कति विश्वास गर्ने रु त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तथापि, गढीमाई विश्वका आम हिन्दूको धार्मिक आस्थामा गहिरोसँग गाँसिएको छ । नेपालमै रहेका अरु मन्दिरहरूको तुलनामा यो मन्दिर औसत हो । तर यहाँको धार्मिक विश्वास र आस्था भने धेरै अग्लाअग्ला छन् । प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिरको मूर्ति कसले र कहिले स्थापना भयो रु वा आफैँ उत्पन्न भयो कि कसैले बनाएर राखेको हो भन्नेबारे अहिले पनि मत अभिमतहरू बाझिन्छन् । तथापि यो शक्तिपीठसँग गाँसिएका फरक मान्यता र आस्थाका कारण यसको धार्मिक भव्यता अरु भन्दा निकै पृथक छ ।
हरेक पाँच वर्षमा लाग्ने यो मेलाको एक महिने अवधिमा हजारौं पशुपंक्षीको प्राण चढाइन्छ । तर त्योभन्दा अघि उनै मन्दिरका संस्थापकका पुस्ता अर्थात् मूल पूजारी आफैँले नरबली दिने प्रचलन छ । त्यो भनेको मान्छेकै बलिको नाउँमा शरीरका विभिन्न पाँच अङ्गको रगत निकालेर मूर्तिमा चढाइन्छ । त्यसपछि मुसा, बोका, परेवा, कुखुरा अनि राँगाको बलि चढाइएपछि बल्ल सर्वसाधारणले आफ्नो भाकल, इच्छा र हैसियतअनुसार पशुबलि चढाउँछन् । त्यसमध्ये सबैभन्दा बढी राँगाको बलि चढाइन्छन् । यकिन तथ्य र तथ्याङ्कहरू नभए पनि यहाँ हरेक वर्ष ३० देखि ४० हजार राँगाहरूको बलि चढाइन्छ । अरु पशुपक्षीको खासै गणना रहँदैन ।
धर्म भनेको हरेक व्यक्तिको आफ्नै मौलिक र निजी स्वतन्त्रताको कुरा हो । त्यसैले नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र हुनेछ भनेर संविधानमै लेखिएको छ । यो वैयक्तिक स्वतन्त्रता कतै–कसैबाट हनन् हुनुहुँदैन । यो एउटा मानवअधिकारको पनि कुरा हो । अनि धर्म भनेको धारण पनि हो । त्यो भनेको हरेक प्राणीको जीवनको आफ्नो शैली, स्वभाव र अनुशासन हो । हरेक धर्मका आआफ्नै महत्व छन् । विश्वास र आस्था छन् ।
आफ्ना मान्यताहरू छन् । कुनै धर्म र आस्थाको महानता अर्कोसँग तुलना हुँदैन र हुनुहुँदैन । यो मेलाका क्रममा हजारौं प्राणको ज्यान हरण हुने गरेको भन्दै विरोध र आलोचना हुँदै आएको छ । हरेक प्राणीलाई मान्छेजस्तै स्वतन्त्र बाँच्ने अधिकार रहन्छ र हुन्छ नै । तर एउटा आस्था, विश्सार र धारणाले बाँधिएको यो प्राकृतिक चक्रलाई त्यहीअनुसार स्वीकार गर्नुपर्छ । शिक्षा र चेतनाको विकाससँगै यस्ता मान्यताहरू विस्तारै स्थापित हुँदै जान्छन् । यद्यपि अहिले विश्वभरि नै पशुअधिकारका लागि कैयौँ अभियानहरू चलिरहेका छन् । कतिपय देशहरूले पशुअधिकारको कानुनसमेत बनाइसकेका छन् । नेपालले पनि विस्तारै पशु अधिकारका लागि कानुनहरू बनाउने, बलिप्रथा व्यवस्थित र नियन्त्रण गर्दै लैजाने जस्ता कामहरू क्रमिक रुपमा गर्दै आएको छ ।
जे जस्तो भए पनि गढीमाई पनि त्यस्तै एउटा समूह र समुदायको आस्थाको एउटा केन्द्र हो । कुनै एउटा समुदायको पुस्तैनी इतिहास गाँसिए पनि यो मन्दिर र मेलाको महत्वलाई आम समुदायले नै अपनत्व पाइन्छ । पञ्चवर्षीय यो मेलामा हरेक व्यक्ति, समुदाय र वर्गका बीच आपसी मेलमिलाप, सद्भाव र प्रेमभाव प्रकट भएको देखिन्छ । त्यसैले यो मेला एकप्रकारले भन्ने हो भने धार्मिक र सामाजिक सद्भावको एउटा उत्कृष्ट सङ्गम पनि हो ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.