
काठमाडौं - बलिउड अभिनेता सैफ अली खानमाथि भएको छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपीलाई ठाणेको हिरामण्डी श्रम शिविरबाट पक्राउ गरिएको थियो । उनी पश्चिम बंगालका हुन् ।
मुम्बई प्रहरीले उक्त घटना आरोपी मोहम्मद अलियान उर्फ बीजेले गराएको दाबी गरेको छ । पक्राउ पर्ने डरले अभियुक्तले यसअघि आफूलाई विजय दास भनेर चिनाएका थिए ।बिहान ३ः३० बजे आरोपीलाई सोधपुछका लागि बान्द्रा पुलिस स्टेशनमा ल्याइएको छ । उनलाई आज बिहान ११ बजे बान्द्रा होलिडे कोर्टमा पेस गरिने बीबीसीले जनाएको छ ।
बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित आफ्नै घरमा बिहीबार बिहान छुरा प्रहार भएको थियो । त्यसपछि उनलाई उपचारका लागि लीलावती अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न भवनको सिँढी प्रयोग गरेका थिए, जुन आगोको घटनाबाट बच्न मा प्रयोग गरिन्छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा


राष्ट्रिय महिला टोलीका ६ खेलाडीले मलेसियामा टी ट्वान्टी क्रिकेट खेल्ने







COMMENT
.