
काठमाडौं – ग्रेटर नेपालका अभियान्ता फनिन्द्र नेपाल फेरि पक्राउ परेका छन् । नेपालको गुमेको भूमि फिर्ता पाउनु पर्ने भन्दै संयुक्त राष्ट्रसँघ सम्म आवाज उठउने फनिन्द्र नेपाललाई प्रहरीले लछारपछार गर्दै सिंहदरबार अगाडीबाट पक्राउ गरेको हो ।
उनी नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारतचीन सहमतिविरुद्ध सिंह दरबार अगाडी धर्ना बसिरहेका थिए । सोमबार मध्यान्हदेखि सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिएका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले धरपकडसहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।
उनी लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि भारतीय ज्यादतिविरुद्ध भन्दै धर्ना बसेका थिए ।चीन र भारतले मानसरोवर जाने मार्गका रुपमा लिपुलेक प्रयोग गर्ने सहमति नेपाल मौन बसेको भन्दै नेपालले विरोध गर्दै आएका छन् ।नेपाल सरकारले पनि गैरजिम्मेवार अभिव्यक्ति दिएर झन् झन् मौन बसेकोमा उनले आपत्ति जनाएका थिए ।
उनले यस प्रकरणमा मौन बसेमा नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुने बताएका छन् ।सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न नागरिक तहबाट सरकारको विरोधका लागि उनले धर्नामा बसेको बताएका थिए । उनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट सोमबार मध्यान्ह १२ बजेदेखि ४ बजेसम्मलाई धर्ना बस्न पुगेका थिए । तर प्रहरीले तत्कालै पक्राउ गरेर लगेको हो ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.