लमजुङ, २१ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उनको शालिक अनावरणका गरेका थिए । उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका थिए ।
साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गर्नुभएको छ । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट रु चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट रु तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो ।
राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.