
काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जारी केन्द्रीय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको बताएका छन् । काठमाडौंमा जारी बैठकबारे प्रश्न गर्दै उनले पार्टी नेतृत्वको समेत आलोचना गरेका छन् । ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक‘ ‘कामकुरा एकातिर कुम्लो बोकी ठिमितिर’ त भएन ?’, उनले बैठकबारे प्रश्न गरेका छन्।
राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्नेमा उनले बताए । संविधान संशोधनको विषयमा राजनीतिक दलहरूबीच छलफल चलिरहेकाले राप्रपाले पनि यसबारे धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए ।संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने भन्दै उनले यसका विषय के कस्ता हुन सक्छन् भनेर चर्चा गरेका छन् ।
संविधान संशोधनका एजेण्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेका छन् ।एकजना व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
‘अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरिनुपर्छ’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले भनेका छन् । प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाबारे जनमत संग्रह जस्ता विषयमा जाने गरी पार्टीले निर्णय लिनुपर्ने उनले बताएका छन् ।संविधान संशोधनका लागि अन्य एजेण्डासमेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीले जिकिर गरेका छन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.