काठमाडौं – कक्षा १२ को प्रश्न पत्र परीक्षा सञ्चालन हुनुपूर्व नै आउट भएको छ । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा प्रश्न पत्र आउट भएको हो । उक्त स्कुलमा चानक्य कलेजका विद्यार्थीको परीक्षा केन्द्र परेको थियो । परीक्षा सुरु हुनुभन्दा पहिले नै विद्यार्थीको हातहातमा प्रश्न पत्र पुगेपछि जिल्ला प्रशासन कार्यलय र राष्ट्रिय परीक्षा बोर्डले अनुसन्धान सुरु गरेको छ ।
अनुगमन टोलीले प्रहरी र एनइबीको आइटी टोलीलाई राखेर छानविन समिति बनाएको छ । उक्त समितिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त कलेजको परीक्षार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिएपनि काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएको छैन । उनीहरुको मोवाइल चेक भइरहेको छ । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह


COMMENT
.