
काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लज्जास्पद पराजय भोगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा अलआउट हुँदै ५१ रन मात्रै बनाउँदै लज्जास्पद हार भोग्न बाध्य भएको हो । सुदूरपश्चिमसँग ७२ रनले पराजित भएसँगै जनकपुरको अपराजित यात्रा पनि पूर्णविराम लागेको छ ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको पनि प्रदर्शन निराशाजनक थियो । तर उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई पहिलो हार चखायो । सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रिएर दिएको १२४ रनको चुनौती पछ्याउने क्रममा जनकपुर २१।१ ओभरमा अलआउट हुँदे ५१ रनमा सीमित भयो । जारी एनपीएलमा यही नै सबैभन्दा कम स्कोर पनि हो । पोखराले चितवनविरुद्ध ७४ रन बनाएको स्कोर अब दोस्रो सबैभन्दा कम भएको छ ।
दुई शीर्ष टोलीबीचको लो स्कोरिङ भिडन्तमा जित निकालेसँगै सुदूरपश्चिमले जनकपुरसँग ८ अंक बराबरी गरेको छ । तर रनरेटका आधारमा सुदूरपश्चिम जनकपुरभन्दा अगाडि छ । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो । यो टोलीलाई चितवन राइनोजले ३३ स्तब्ध बनाएको थियो ।
उता जनकपुरले छिमेकी विराटनगर किङ्स र कर्णाली याक्सलाई समान ८र८ विकेटले हारको स्वाद चखाएको थियो । जनकपुरले पोखरा एभेन्जर्स ७ विकेट र लुम्बिनीलाई एक रनको झिनो अन्तरले हराएको थियो। जनकपुरका जोशुआ ट्रम्पले सर्वाधिक १३ रन बनाए। अरुको नाममा दोहोरो स्कोर लेखिएन।जनकपुरलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २ विकेट झारे । सैफ जैब र नरेन साउदले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा गएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ को झिनो स्कोर गरेको थियो ।सुदूरपश्चिमका ओपनरद्वय साद बिन जाफर २१ र विनोद भण्डारी ३३ रनमा आउट भए । त्यसपछि सुदूरपश्चिम संकटमा पर्यो । डेब्यु गरेका हर्मित सिंहले १, ब्रान्डन म्याकमुलनले ११ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरी शून्यमै आउट भए । इशान पाण्डेले १७, आसिफ शेखले ६ र स्कट कुग्गेलिजन ७ रन बनाए ।
विजयी सुदूरपश्चिमका लागि किशोर महतोले घातक बलिङ गरे । चार ओभर बलिङ क्रममा ४ विकेट लिँदै २८ रन दिए। शेर मल्ल र अर्निको यादवले दुई दुई विकेट लिए। क्यानेडाली क्रिकेटर हर्ष ठाकरले १ विकेट झार्दै सुदूरपश्चिमलाई जिताए ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.