
काभ्रेपलाञ्चोक, ४ चैत – नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्यो । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतीका लागि विसं २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको थियो ।
भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने थियो । तर, समयसीमासम्म २५ प्रतिशतसमेत काम नभइ आठ महिनादेखि अलपत्र अवस्थामा हो । सम्झौताअनुसार गत साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
उक्त सडकखण्ड बिपी राजमार्गको वैकल्पिक मार्गको रुपमासमेत अगाडि बढाइएको हो । गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले करिब १३ किलोमिटर राजमार्ग क्षतिग्रस्त हुँदा यही खडकखण्डबाट सिन्धुली र काभ्रेपलाञ्चोकतर्फ रोकिएका सयौँ सवारी आवतजावत गराइएको थियो । नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गर्दासमेत निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो ।
ठकेदार कम्पनीलाई सडक निर्माणलाई तीव्रता दिन पटक पटक ताकेता गर्दासमेत वेवास्ता गरेका कारण आयोजना लथालिङ्गको अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन् । “आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो”, उनले भनेका छन् । उनका अनुसार गुणस्तरीय निर्माणमा पनि शङ्का गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएका थिए । तेमाल गाउँपालिकाका जनप्रतिनिधिको टोलीलेसमेत हाल डिभिजन कार्यालयलाई ध्यानाकर्षण गर्दै सडकको काम छिटो सम्पन्न गराउन ताकेता गरेको जनाइएको छ ।
यसैबीच निर्माण कम्पनीले आउँदो असार मसान्तसम्म चार महिना समय थपको माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएको छ । कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले निर्माण कम्पनीले समय थपको माग निवेदन दिई रोकिएको काम सुरु गर्न लागेको बताएका छन्। उक्त सडक स्तरोन्नति एवं विस्तारमा ढिलाइ हुँदा हिउँद÷वर्षामा सडकयात्रीले निकै सास्ती खेप्नुपरेको छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.