• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

रुस–युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच ‘अति महत्त्वपूर्ण’ वार्ता हुँदै

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ ।

दुवै पक्षले वासिङ्टन र मस्कोबीच भएका हालका वार्ताहरूबारे आशावादी धारणा व्यक्त गरेका छन् तर ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन् ।

युक्रेनले युद्धविरामका लागि सहमति जनाएको छ तर किएभ र युरोपेली राजधानीहरूलाई पुटिनले समय कटाइरहेको हुनसक्नेमा आशङ्का छ र ट्रम्प आफूले सम्बन्ध पुनःस्थापना गर्न चाहने नेता विरुद्ध दबाब प्रयोग गर्न इच्छुक हुनुहन्छ कि हुन्न भन्ने कुरामा सन्देह छ ।

“हामी धेरै महत्त्वपूर्ण कुराकानी गर्न जाँदैछौँ”, ट्रम्पले सोमबार पत्रकारहरूलाई भने, “हामी एक अति महत्त्वपूर्ण चरणमा पुग्दैछौँ ।” अन्तिम सम्झौताका धेरै तत्वहरूमा सहमति भएको छ, तर अझै धेरै बाँकी छ”, ट्रम्पले पछि आफ्नो ट्रुथ सोशल नेटवर्कमा भनयो, “म राष्ट्रपति पुटिनसँगको भेटका लागि निकै उत्सुक छु ।”

पुटिनले गत हप्ता युद्धविरामको विचारसँग आफू सहमत भएको तर ट्रम्पसँग छलफल गर्न चाहेको भन्दै यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आफूसँग ‘गम्भीर प्रश्नहरू’ रहेको चेतावनी दिएका थिए ।मस्कोले दक्षिणी र पूर्वी युक्रेनका भागहरू कब्जा गरेपछि अमेरिकी अधिकारीहरूले युक्रेनले कुनै पनि सम्झौतामा क्षेत्र छोड्नुपर्ने सम्भावना रहेको स्पष्ट पारेका छन् ।

ट्रम्पले आइतबार उहाँ र पुटिनले ‘केही सम्पत्ति विभाजन गर्ने’ बारे छलफल गर्ने बताउनुभयो । यसमा जमिन र विद्युत् संयन्त्रहरू समावेश छन् । यो सम्भवतः दक्षिण युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो मस्को–नियन्त्रित जापोरिझ्झिया आणविक संयन्त्रका सन्दर्भमा भनिएको हो ।

COMMENT

.