
काठमाडौं – सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उनले भनेका छन्, “उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।”
सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाएका छन् । उनले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गरेका छन्। सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। “सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भनेका छन्। सांसद तारा लामा तामाङले लागुऔषध प्रयोगले युवाहरु कुलतमा फसेको भन्दै लागुऔषध नियन्त्रण तथा लागुऔषध अपराध नियन्त्रणका लागि ठोस नीति अपनाउनुपर्नेमा जोड दिएका छन् । सांसद दिलेन्द्रप्रसाद बडूले विपद्जन्य घटनाबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न चाँडो गर्न माग गरेका छन्। सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडक खण्ड समयमै निर्माण गर्नुपर्ने जोड दिएकाछन्। सांसद डा धवलशम्शेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी गर्न जरुरी नभएको बताएकाछन्। सांसद धु्रवबहादुर प्रधानले बाजुरामा ढुङ्गाले हानेर गाईको हत्या गरिएकामा विरोध जनाउँदै कारबाहीको माग गरेका छन्। सांसद निशा डाँगीले ‘डिजिटल’ कारोबार निःशुल्क गर्नुपर्नेमा जोड दिएकाछन् । सांसद पुष्पबहादुर शाहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुनुपर्ने र क्षतिपूर्ति समयमा नै पाउनुपर्ने बताए । सांसद प्रकाश ज्वालाले लोकसेवामा परीक्षामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्न लागिएको विषय गलत भएको बताएका छन्। उनले कुनै नागरिकलाई परीक्षामा सहभागी नै हुन नपाउने विषय संविधानको भावना विपरीत भएको बताए । सांसद प्रतीमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिएकाछन् । सांसद प्रतीक्षा तिवारीले संविधानमै नभएको व्यवस्था टेकेर राजा फर्काउन सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गरेकाछन्। सांसद प्रभु हजराले पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरे । सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएको भन्दै पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्ने बताएका छन् । सांसद विन्दबासिनी कंसाकारले खानेपानीको सङ्कट गहिरिएको र गुणस्तरीय खानेपानी पाउन नसकिएको भन्दै पानीको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको बताएका छन्। शून्य समयमा सांसदहरु विमला सुवेदी, पूर्णबहादुर घर्तिमगर, प्रेमबहादुर महर्जन, डा नारायण खड्का, नारायणी शर्मा र निर्मला काईरालाले विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए । रासस
SHARE
RELATED_NEWS

समाचार
सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

समाचार
लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
समाचार
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

समाचार
सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

अन्तर्राष्ट्रिय
कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

समाचार
महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

समाचार
‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय
ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

समाचार
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

समाचार
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

समाचार
योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

समाचार
बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

समाचार
स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

अन्तर्वार्ता
COMMENT
.