खोटाङ, २४ वैशाखः विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् । छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ । फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने जनाइएको छ । सार्थ फाउण्डेशनले नयाँ उद्यम दर्ता, कृषि तथा पशुपन्छीपालनका लागि बीउ पुँजी, प्राविधिक सहयोग र परामर्श दिने जानकारी उनले दिएका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह


COMMENT
.