
लिस्बन (पोर्चुगल), १७ जेठ – स्पेनका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैर आवासीय नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति मायरीयम स्पिटेरी देबोनोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । बिहीबार माल्टाको राजधानी भ्यालेत्तास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच राजदूत नेपालले राष्ट्रपति देबोनोसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति देबोनोसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै नेपाल सरकार र नेपाली जनताको तर्फबाट माल्टा सरकार तथा जनताप्रति सद्भाव प्रकट गरेका थिए । उनले नेपाल र माल्टा दुवै मुलुक पर्यटनका लागि सम्भावनायुक्त भएकाले जलवायु परिवर्तनका कारण देखा परेका असर र चुनौतीजस्ता साझा मुद्दामा आपसी सहयोग र सहकार्यको आवश्यकतामा जोड दिएका थिए। शैक्षिक, पर्यटन र व्यापारलगायतका क्षेत्रमा सहकार्यका साथै नेपालमा माल्टाको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत नेपालले राससलाई जानकारी दिएका थिए । सो अवसरमा राजदूत नेपाललाई बधाई दिँदै राष्ट्रपति देबोनोले सफल कार्यकालको शुभकामना समेत दिएका थिए । उनले माल्टामा बसोबास गर्दै आएका नेपालीको मेहनत, परिश्रम र योगदानको प्रशंसा गर्दै माल्टावासी नेपालीको हितका लागि माल्टामा कन्सुलर कार्यालय स्थापना गर्न आग्रह गर्नुभएको राजदूत नेपालले बताउछन् ।
राष्ट्रपति देबोनोले दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई प्रोत्साहन गर्न सकिने उल्लेख गर्दै सन् २०२६ मा हुने माल्टा बिएन्नाले कार्यक्रममा सहभागिताको लागि नेपाललाई औपचारिक निमन्त्रणा समेत दिएको उनले बताउछन् । उक्त समारोहमा राष्ट्रपतिको कार्यालयका अधिकारीहरू, विदेश मन्त्रालयका अधिकारीहरूका साथै नेपाली दूतावासका उच्चअधिकारीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पछिल्लो समय माल्टा नेपाली श्रमिकको लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । माल्टामा नेपालीको सङ्ख्या यकिन नभए पनि १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.