
पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो।
शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्यु आज राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
सहमतिका लागि जिल्ला प्रशासन कार्यालयमा आज बिहान साढे ७ बजेदेखि सर्वपक्षीय बैठक जारी छ। तर यो खबर बनाउँदासम्म सहमति हुन सकेको छैन।हनुमान जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमका क्रममा शनिबार वीरगन्जमा दुवै समूहबीच ढुंगा हानाहान भएको थियो। त्यस क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन्। यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.