दमौली (तनहुँ), ३ वैशाख – व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलोपानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिएका थिए ।
नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको बताएका छन् । अदालती निर्णयभन्दा सहमतिको आधारमा मेलमिलापको माध्यमबाट मुद्दा टुङ्ग्याउने गरेको जानकारी दिएका थिए । उनले भने, “मेलमिलाप गराउँदा दुवै पक्षले जितेको महसुस गर्न सक्छन्, मेलमिलाप हुनै नसक्ने मुद्दा अदालतमा पठाउने गरेका छौँ ।” रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.