
ढोरपाटन (बागलुङ), ४ चैत – चालु आर्थिक वर्षमा बागलुङका सात वटा सडकमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो ।
यसवर्ष मालढुङ्गा–पाक्जा, बुर्तिबाङ–तमानखोला, मजुवा–नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा–बरेङ पहिलो खण्ड, गल्कोट– हरिचौर–हिल–म्याग्दी र कुश्मिशेरा–बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिएका छन् । यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उनको भनाइ छ ।
उनका अनुसार बुर्तिबाङ–तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले रु १२ करोड ७४ लाखमा सम्झौता गरिसकेको छ । आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिएका छन् । अहिले उक्त सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।
कुश्मिशेरा–बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ । एमएस÷क्याराभान कन्स्ट्रक्सन जेभीले रु २४ करोड ५८ लाख ५७ हजार ८१७ मा जिम्मा पाएको थियो । विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताएका छन् ।
त्यस्तै गल्कोट–हरिचौर–हिलहुँदै म्याग्दी जोड्ने सडक पनि यसवर्ष कालोपत्र हुँदैछ । कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स÷खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिएका छन् । विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको उक्त सडक यही चैत २९ गते सकिनुपर्ने छ ।
कुश्मिशेरा–बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ । एम÷ एनएस÷आरबी जेभीले रु ११ करोड ४९ लाखमा जिम्मा पाएको छ । गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिएका छन्।
गलकोटस्थित मजुवा–नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उनको भनाइ छ । यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि रु दुई करोड १३ लाखमा सम्झौता भएको रिगलले जानकारी दिएकाछन्। गत जेठ १८ गते सम्झौता भएको उक्त सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उनले बताएका छन्।
जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ । करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी÷एसी जेभीले रु तीन करोड २० लाखमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उहाँले बताएका छन् ।
बागलुङ नगरपालिकाअन्तर्गत मालढुङ्गा–पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ । जसका लागि रु ४० लाखमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिएका छन्। रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.