
काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपीएल) सफलताका साथ सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको एनपीएललाई दर्शकले दिएको अपार साथले नेपाली क्रिकेटको उचाई अझै बढेको छ ।
एनपीएलको चर्चा विश्वभर भइरहेको छ भने यसको ब्राण्ड भ्यालुपनि बढेको छ । करिब ८० करोडको कारोबार भएको मानिएको एनपीएलमा नेपाली खेलाडीहरुको प्रदर्शन औसत रह्यो । केही खेलाडीहरु जस्तै ललित राजबंशी, दिपेन्द्र सिंह ऐरि लगायताका खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरँदा केही खेलाडीहरु भने प्रतियोगितामा फ्लप सावित भएका छन् ।
यसमा प्रमुख रुपमा पोखरा एभेन्जर्सका कप्तान रहेका कुशल भुर्तेल एनपीएलमा फ्लप नै रहे । कुशलले ७ खेलमा ६ इनिंगमा केवल ५४ रन बनाए भने ५ विकेट लिए । उनको एक खेलमा सर्बाधिक रन ३१ रहेको छ । राष्ट्रिय टिमका प्रमुख खेलाडी रहेका भुर्तेलको यो प्रदर्शन उनको क्षमताभन्दा निकै तलको रहेको छ ।
त्यस्तै यस एनपीएलमा औसतभन्दा तल प्रदर्शन गरेका अर्का खेलाडी हुन् विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने । सन्दीपले ७ खेलमा केवल ६ विकेट लिएका थिए भने ब्याटिंगतर्फ २२ रन बनाएका थिए । नेपालका स्टार स्पीनर रहेका सन्दीप एनपीएलमा फ्लप रहे, जसका कारण विराटनगर प्लेअफमा छनौट हुन असफल भएको थियो । त्यस्तै राष्ट्रिय टिमका अलराउण्डर गुलशन झाको प्रदर्शन पनि एनपीएलमा औसतभन्दा तल रह्यो ।
कर्णाली याक्सबाट एनपीएल खेलेका गुलशनले ९ खेलमा १३२ रन बनाए । जसमा एक खेलमा ४९ रन बनाएका थिए । त्यस्तै ९ खेलमा ४ खेलमा बलिङ गरेका गुलशनले केवल एक विकेट लिएका थिए । त्यस्तै लुम्बिनीबाट खेलेका सन्दीप जोरा, बिबेक यादव, काठमाडौँ गुर्खाजबाट खेलेका भीम सार्की, पोखराबाट खेलेका सागर ढकाल लगायतका खेलाडीको प्रदर्शन औसतभन्दा तल रहनु राष्टिय टिमको हिसाबले चिन्ताजनक देखिएको छ ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.