.jpg)
चितवन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । उनी भरतपुर महानगरपालिकास्थित पुलचोक(गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए ।उनी चितवन उत्रिँदै गर्दा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँगको सम्बन्ध र व्यवहारलाई लिएर धेरैले प्रश्न गरेका थिए ।
यसअघि ओली भरतपुर जाँदा कार्यक्रममा सहभागी नहुने गरी रेनुले यस पटक फरक ढंगको सौहार्दता देखाइन् ।उनी महानगरका कर्मचारीसहितलाई लिएर प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगिन् । फूलको बुके बोकेर पुगेकी उनी र प्रधानमन्त्री ओलीबीच विमानस्थलमै सौहार्दपूर्ण वातावरणमा केही बेर कुराकानी भयो । दुवै मुस्कुराउँदै एकअर्काको हालखबर पनि सोधे ।
विमानस्थलमा पुगेका चितवनका पत्रकार राजेन्द्र आचार्यका अनुसार रेनु आफ्नो स्वागतमा आएको देखेपछि प्रधानमन्त्री पनि खुसी भए । स्वागतमा मेयर रेनु आएपछि ओलीले खबर सोधे । आफ्नो स्वागतमा आएकी रेनुलाई प्रधानमन्त्रीले सोधे, ‘छोरी सन्चै छौ ?’प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु भरतपुरमा दुई पटक एमालेकै उम्मेदवारलाई हराउँदै मेयर बनेकी हुन् । उनले पहिलो पटक देवी ज्ञवाली र दोस्रो पटक विजय सुवेदीलाई हराएकी हुन् ।
पछिल्लो समय प्रचण्डले वर्तमान गठबन्धन सरकार ढल्ने बताइरहेका छन् । उनले यो सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै धेरै लामो नजाने बताइरहेका छन् ।यस्तोमा भरतपुर महानगरपालिकास्थित पुलचोक(गोन्द्राङ ६ लेन सडक बनाएको जस लिने होडबाजी पनि स्थानीय सरकार र संघीय सरकारबीच चलिरहेको छ ।तर, उक्त सडकको उद्घाटनका क्रममा पनि विमानस्थलमा जस्तै प्रधानमन्त्री ओली र मेयर रेनुबीच सौहार्दता देखियो । जहाँ सडक उद्घाटन नै प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर रेनुले एकसाथ गरेका छन् ।
प्रधानमन्त्रीले सडकको शिलापत्र अनावरणका क्रममा राखिएको रिबन मेयर रेनुलाई तान्न लगाए । तीनैजनाले उक्त सडकको संयुक्त रुपमा उद्घाटन गर्दा दुई सरकारबीचको सुमधुर सम्बन्ध प्रकट भयो ।प्रधानमन्त्री प्रमुख अतिथि रहेको उक्त सडक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर रेनुले विकास निर्माणमा कसैले राजनीति गर्न नहुने बताइन्सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच दूरी बढ्दै जाँदा रेनुले त्यसलाई कम गर्ने गरी सम्बोधन पनि गरेकी छन् ।
दाहालले संघीय बजेटमा यो सडक विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको उल्लेख गरिन् ।सडक विस्तारका क्रममा धेरै अवरोध आएको भन्दै दाहाले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेको पनि प्रधानमन्त्रीलाई सुनाइन् । मेयर रेनुले पनि आफूसामु शालीन व्यवहार देखाएपछि प्रधानमन्त्री ओलीसमेत खुसी देखिए । ओलीले विमानस्थलमै छोरी भनेर सम्बोधन गरेकी रेनुसँगै सडक उद्घाटन गर्दा दुवै दलका कार्यकर्ता पनि खुसी देखिए ।
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.