काठमाडौं – काजकस्तानमा ६७ जना यात्रु बोकेको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ। स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जहाजमा सुरुमा आगो देखिएको र त्यसपछि अकताउ सहरनजिकै खसेको हो।
प्रारम्भिक रिपोर्टहरुका अनुसार केही यात्रुहरुको जीवितै उद्धार गरिएको काजकस्तानले जनाएको छ। के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन। सीएनएनका अनुसार जहाजमा ६२ यात्रु र ५ जना चालकदलका सदस्य थिए।
अजरबैजान एयरलाइन्सले उडान नम्बर जे२–८२४३ को इम्ब्रायर १९० एयरक्राफ्ट अजरबैजानको राजधानी बाकुबाट रुसी चेचेन्या क्षेत्र ग्रजनीका लागि उडेको जनाएको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.