• ९ भदौ २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

पहिरोले घर पुरिँदा चार जना घाइते

१८ असार २०८२, बुधवार

ताप्लेजुङ, १८ असार – सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले राससलाई जानकारी दिएका थिए । घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

COMMENT

.