
दमौली (तनहुँ), ३० चैत – तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरिएको छ। किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताएका थिए ।
अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो ।
मकै बीउ वितरण तथा मकै बीउ प्रवर्द्धन कार्यक्रमअन्तरगत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिएका थिए । उनका अनुसार पाँच थान हाते ट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ । त्यस्तै ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उहाँले बताउनुभयो । सबै सामग्रीको मूल्य कूल रू सात लाख ३८ हजार रहेको उनको भनाइ छ ।
सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडाँगाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ ।
उत्पादनमा आधारित अनुदान वितरण गरिने
म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको छ ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिएका थिए ।
गाउँपालिकाले लागत साझेदारी अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका उत्पादन गरिरहेका व्यावसायिक व्यक्ति तथा उत्पादनमूलक र रोजगारमूलक व्यावसायिक योजना बनाएका अर्ध बेरोजगाररबेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई निवेदन दिन आग्रह गरिएको अधिकारीले बताएका थिए ।
उक्त कार्यक्रमअन्तरगत ठूला व्यवसायतर्फ कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण र आयआर्जनका लागि पशुधन खरिद, प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम गर्न चाहने कूल पुँजी रू ५० लाख वा सो भन्दा बढी भएको र कम्तीमा तीन जनालाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम रू पाँच लाख उपलब्ध गराइने अधिकारीले उल्लेख गरेका थिए ।
त्यस्तै मझौला व्यवसायअन्तरगत कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम र साना व्यवसाय अन्तरगत र स्वरोजगारतर्फ कृषि पशु, पर्यटन, उद्यम लगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रमका लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने अधिकारीले जानकारी दिएका थिए । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.