
काठमाडौं । ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । महासङ्घले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था, राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेलगायतका माग राखेका छन् ।
दुई हजार ५०० भन्दाबढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेका जनाउँदै नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित बनाइएको भन्दै समस्या समाधानका लागि नेतृत्व लिइदिन महासङ्घले अध्यक्ष दाहालसँग अनुरोध गरेको छ ।महासङ्घका मागलाई गम्भीरतापूर्वक लिएको जबताउँदै अध्यक्ष दाहालले ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उनको सचिवालयले जनाएको छ । “तपाईंहरूले उठाएका माग न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागलाई कार्यान्वयन गर्ने सम्बन्धमा माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ”, उनले भने ।
यसैबीच अध्यक्ष दाहालसँग आजै कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको टोलीले खुमलटार भेट गरी एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अगाडि नबढेको भन्दै पहल गरिदिन आग्रह गरेका छन् ।प्रतिनिधिले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षणलगायत प्रारम्भिक काम सम्पन्न हुनुका साथै पालिकाको पहलमा जग्गा हस्तान्तरण भइसकेको जानकारी गराएका थिए । प्रारम्भिक चरणमा बजेट विनियोजन, बोलपत्र आह्वान प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय आयोजना अलपत्र परेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।
अध्यक्ष दाहालले उक्त टोलीका प्रतिनिधिलाई माओवादी केन्द्रको तर्फबाट आयोजना अगाडि बढाउन सरोकार भएका निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए उनको सचिवालयले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.