![](https://htcmedia.com.np/uploads/post_photo_1738751962.jpg)
नयाँ दिल्ली - दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ । फिल्मले पश्चिमेली दर्शकहरूमाझ ठुलो छाप छाडिरहेको छ ।
ओटीटीमा रिलिज भएको चार दिनपछि नै ‘पुष्पा २’ ले पश्चिमी दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ ।
अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो ।
अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्मिका मन्डनाले अल्लु अर्जुनको श्रीमतिको भूमिका निर्वाह गरेकी थिइन् । फहाद फासिल खतरनाक भिलेनको भूमिकामा देखिएका थिए । फिल्ममा जगपति बाबु, राव रमेश, अनुसूया भारद्वाज, सुनील लगायतको अभिनय पनि रहेको थियो ।
SHARE
अभिलेख
प्रतिनिधि सभा बैठक, २०८१ माघ १८ गते
![](https://htcmedia.com.np/uploads/post_photo_1738842522.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738834759.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738831698.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738830850.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1738829930.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724095.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733724388.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1734435829.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733830073.jpg)
![](https://htcmedia.com.np/uploads/post_photo_1733820595.jpg)
COMMENT
.