
चितवन, १८ फागुनः यहाँको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तरराष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले सो सम्मेलनको उद्घाटन गर्दै भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्न आग्रह गरेका थिए । उनले अरु विशेषज्ञ सेवा लिने थलोका रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस गरेको बताएका थिए । उनले भने, “मेडिकल सिटीमा अर्को एउटा आयाम थप्न हामी इच्छुक र तत्पर छौँ ।”
सम्मेलनको निष्कर्षलाई नीति निर्माणको तहमा पु(याउन र कार्यान्वयन गर्न सबैले योगदान दिन जरुरी रहेको उनको भनाइ छ ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा सुरु भएको सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताउछन् । मानसिक स्वास्थ्य उपचारको समुदायस्तरमा अझै पहुँच पुग्न नसकेको उनको भनाइ छ । उनले भने “यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनीकरण गर्न भूमिका निर्वाह गर्नेछ ।”
दाङ्को घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध देश बनाउन सकिने बताएका थिए । कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउछन् ।
उनले भने “आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुने छ ।” कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशमा पनि मानसिक रोग विकराल रूपमा रहेकाले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हट्दै गएको बताएका थिए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको उपकुलपति डा प्रदिप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा शैलेन्द्र अधिकारी, डा सिम्रन चौधरीलगायतले आफ्ना धारणा राखेका थिए ।
सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाललगायतका देशका सहभागी छन् । सम्मेलनमा ६० भन्दा बढी कार्यपत्र प्रस्तुती र १०० भन्दाबढी वक्ताले मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्ने जनाइएको छ । “समुदायका लागि सामुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य” भन्ने नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ । सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक सङ्घ संस्था र स्वास्थ्य शिक्षाका विद्यार्थीसमेत सहभागी छन् ।
चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वदेशी र केही विदेशी संस्थासमेतको सहकार्यमा सम्मेलन सुरु भएको हो । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.