काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीले कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको उल्लेख गरेको छ ।
आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।
भागदौडपछि भक्तजनका सरसामान यत्रतत्र छरिएको देखिएको छ । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु
९ मंसिर २०८२, सोमवार


COMMENT
.