
काठमाडौं, २३ वैशाख – प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयबस्तुबारे सरकारको ध्यानार्षण गराएका छन् । बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गर्नुभयो । सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गरेका थिए ।
सांसद अनिता देवीले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गरेका थिए । सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद अम्बरबहादुर थापाले नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रमले शिक्षामा राम्रो गर्न खोजीए पनि कार्यान्वयनको पाटो कमजोर देखिएको बताउछन् । सांसद डा अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए । सांसद अर्जुननरसिंह केसीले काठमाडौं–नुवाकोट सदमुकाम जोडने बालाजु–नुवाकोट–काठमाडौं सडकका लागि आवश्यक बजेट छुट्टयाउन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेको भएकाले गृहमन्त्रालयले आवश्यक तयारी सुरु गरेकामा धन्यवाद दिएका थिए।
सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतङ्कका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन सरकारसँग माग गरेका थिए । सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद उर्मिला माझीले सुदुरपश्चिम प्रदेशको दार्जुलामा तिङकर सडक बजेट अभावका कारण अधुरै रहेकाले आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए ।
सांसद ऋषिकेश पोखरेलले मोरङका चारवटा पुल समयमै निर्माण गर्न माग गरेका थिए । सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्न माग गरेका थिए । सांसद गङ्गा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै आवश्यक बजेट छुट्टयाउन सरकारसँग माग गरेका थिए । सांसद चित्रबहादुर केसीले २०६२÷६३ सालको आन्दोलनका क्रममा कालिकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उनले उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.