
मुस्ताङ, २७ वैशाख – उत्तरी चीनसँग सिमान जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा धमाधम राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।उपल्लो मुस्ताङमा बसोबास गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले शुक्रबारदेखि उपल्लो मुस्ताङमा दुईदिने राष्ट्रिय परिचयपत्र वितरण शिविर सुरू गरेको छ ।
गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट ९राजु० र उपाध्यक्ष छिरिङ ल्हामो गुरूङको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मुस्ताङअन्तर्गत राष्ट्रिय परिचय पत्र शाखाले लोघेकर दामोदरकुण्ड गाउँपालिका केन्द चराङमा पुगेर तीन सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिएका थिए । स्थानीय तहको समन्वयमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डसहित लोमान्थाङमा छ सय ६८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ भुसालले बताउछन् ।
उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरणका लागि चार जना कर्मचारी खटिएको प्रजिअ भुसालको भनाइ छ । यसअघि राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि दर्ता प्रक्रिया पूरा गराउन मुस्ताङको जोमसोम पुगेर नामाङ्कन दर्ता गरेका नागरिकलाई गाउँपालिका केन्द्रमै राष्ट्रियपत्र पाउँदा निकैनै खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरेका थिए । अध्यक्ष विष्टका अनुसार राष्ट्रियपत्र लिन जोमसोम आउजाउँ गर्दा नागरिकको कम्तीमा प्रति व्यक्ति छ हजार बढी रकम खर्च हुनेमा प्रशासनबाट खटिएको टोलीबाट शिविर सञ्चालन गरी परिचयपत्र वितरण गर्दा स्थानीय नागरिकले आर्थिक भार व्यवहोर्नु नपरेको अध्यक्ष विष्टले जनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट खटिएको टोलीले स्थानीय नागरिकको सेवा र सुविधालाई ध्यानमा राखेर जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको हो । शिविर सञ्चालनबाट दिनै खर्चिएर सदरमुकाम जोमसोम धाउनुपर्ने झन्झट टरेको लोघेकर दामोदरकुण्ड–१ वडाध्यक्ष टै ढिन्डुक ठकुरीले बताउछन् । प्रशासनले पालिकावासी र नागरिकको सेवा सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको वडाध्यक्ष गुरूङको भनाइ छ ।
पछिल्लो समय सरकारले सामाजिक सुरक्षा भत्ता तथा बैंक खाता खोल्न र अन्य प्रशासनिक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएसँगै मुस्ताङमा स्थानीय नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न वितरण दर्ता गर्ने क्रम बढेको छ । नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आइरहेको छ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक








COMMENT
.