
बलेवा (बागलुङ), २६ फागुन – बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।
निसीखोला गाउँपालिका–५ पुतली बजारकी ५७ वर्षीया पुनीकला घर्तिमगरको दैनिकी आजभोलि फेरिएको छ । पुतली बजारमा चलिरहेको ऊनको धागो बनाउने र कपडा तयार गर्ने तालिममा उहाँको दिन बित्छ । बिहान–बेलुका घरको काम सकेर १० नबज्दै उहाँ पुतली बजार पुग्नुहुन्छ । गाउँबाट सङ्कलन गरेको भेडाको ऊनलाई सफा गर्ने, कोर्ने, बाँट्नेदेखि तानमा कपडा बनाउनेसम्मका काम उनले सिकिरहेका छन्।
पुनले सानो छँदा गाउँमा ऊनका कपडा बनाउने गर्थे। उनको बाल्यकाल गाउँमै बनेका ऊनका कपडा लगाएर बित्यो । बिस्तारै विश्व बजारका कपडा गाउँ पुगे । ऊनका कपडा बनाउने काम छाड्दै गए । “हिजोआज ऊनको कपडा खस्रो हुन्छ भनेर लाउनै छोडे, बनाउनेले पनि छाडे”, पुनिकला भन्नुहुन्छ, “बजारतिर उनका कपडा खोजी हुन्छ भन्ने सुनेको छु, पहिला सिकिएन, बूढेसकालमा भए पनि दिन कटाउने बाटो होला भनेर ऊनका कपडा बनाउन सिकिरहेको छु”, उनले भनेका छन्।
परम्परागत रुपमा भेडाको ऊनबाट बनेका कपडाको बिक्री वितरण बिस्तारै सेलाउन थालेपछि यहाँका महिला समूहमा आबद्ध भएर भेडाको ऊनबाट तयारी सामग्री बनाउन सिक्दैछन् । जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजनाले उनीहरुलाई तालिमको व्यवस्था गरेको छ ।
रुकुमको टकसेराबाट आएका महिला प्रशिक्षकले निसीखोलाको पुतली बजारमा १३ र ढोरपाटनको सुपुर्दुङमा १३ महिलालाई ऊन निकाल्नेदेखि कपडा तयार गर्नेसम्मको काम सिकाइरहेका छन् । “खेर गइरहेको ऊनलाई प्रयोगमा ल्याउन सके आम्दानी गरौँला, नभए घरको काम त चल्छ”, ढोरपाटन–९ सुपुर्दुङकी २१ वर्षीया आशा घर्तिमगरले भन्नुभयो, “पहिलाभन्दा अहिले प्रविधिले सजिलो बनाएको छ, बजार पनि उनका कपडाको राम्रो छ भनेका छन् ।”गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा दशक अगाडिसम्म गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने उनीहरु बताउँछन् । कम्बल, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ ।
ढोरपाटन र निसीखोलामा एउटै परिवारले रु ५०० देखि रु एक हजार ५०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् । ती भेडाबाट प्रत्येक वर्ष निकाल्न सकिने ऊनको प्रयोगमार्फत महिलालाई आयआर्जनसँग जोड्नेगरी सीपमूलक तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका समूह संयोजक अमर थापाले बताएका छन्। मासु स्थानीयस्तरमा बिक्री हुने र ऊनको पनि स्थानीय तथा विदेशी बजारमा समेत निर्यात गर्नेगरी उत्पादनमा प्रेरित गरिने उहाँले बताएका छन्। एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्छ । एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्छ । महिलाहरुलाई तालिमका लागि प्रशिक्षक, आवश्यक उपकरण, ऊन र खाजा खानाको व्यवस्था परियोजनाले मिलाएको छ । तालिमपछि तयार हुने सामग्रीको बजारीकरणमा महिलाहरुले समूह बनाउने बताएका छन् ।
ऊनको प्रयोग नभएकाले चरीचरण क्षेत्रमा नै किसानले ऊन निकालेर फाल्ने गरेकामा स्थानीय महिलाको सक्रियताले ऊनको प्रयोग बढ्ने प्रशिक्षक रमी बुढा मगरले बताएका छन्। उनीहरुले किसानबाट सेतो ऊन प्रतिकिलो रु ५० र कालो ऊन प्रतिकिलो रु १०० मा खरिद गर्ने गरेका छन् । बजारमा कालो ऊनको तयारी कपडा सेतो र खैरो ऊनको भन्दा दोब्बर पर्छ । रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.