• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

अनलाइन स्क्यामिङमा आरोपमा ७ जना पक्राउ, अहिलेसम्म ३ अर्ब ठगी

१८ माघ २०८१, शुक्रवार
47

काठमाडौं – गैरकानुन अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारको आरोपमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको विशेष टोलीले उनीहरूलाई शुक्रवार पक्राउ परेको हो ।

यसरी पक्राउ पर्नेमा कैलाली घर भई हाल बुढानीलकण्ठ बस्ने वर्ष २२ को माइकल डगौरा, कैलाली घर भई सोही ठाउँ बस्ने २६ वर्षीय अनिल विश्वकर्मा, बुढानीलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्ने वर्ष १९ को आश्विन चौलागाइँ, रौतहट घर भई बानेश्वर बस्ने वर्ष २२ को सत्यमकुमार सहनी, भारत बिहार घर भई बानेश्वर बस्ने रोशन कुमार र विहार घर भई काठमाडौँ बस्ने वर्ष ३६ को मुन्ना कुमार रहेका छन् ।उनीहरूको साथबाट २ थान कम्प्युटर, १३ थान मोबाइल सेट, विभिन्न बैंकको नाममा जारी भएको चेक १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न बैङ्क तथा डिजिटल वालेट हरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैङ्क तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी निजहरूको ओटीपीरपीन माग गरी अनधिकृत रूपमा बैङ्क तथा डिजिटल वालेटहरूमा पहुँच पुर्‍याई रकम ठगी समेत गर्ने गरेको पाइएको छ ।

त्यस्तै, विभिन्न सामाजिक सञ्जालमा घरैमा अनलाइन जब गरेर कमाउन सकिने, अनलाइन जुवा लगायतका लिङ्क पठाइ साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैङ्क तथा वालेटमा पहुँच पुर्‍याइ निजहरूको रकम अन्यत्र खातामा पठाउने समेत गरेको पाइएको छ ।


COMMENT

.