काठमाडौं, १७ चैत – प्रेस चौतारी नेपालले यही चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्युका सम्बन्धमा छानबिन गर्न माग गरेको छ ।
आज एभिन्यूज टेलिभजनको केन्द्रीय कार्यलयमा आयोजित ‘शोकसभा’मा चौतारीका अध्यक्ष गणेश पाण्डेले एभिन्यूज टेलिभजनकर्मी रजकको मृत्युको सम्बन्धमा तत्काल छानबिन गर्न र उनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए।शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार रजक र प्रदर्शनकारी सविन महर्जनकोे पनि मृत्यु भएको थियो । प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।त्यसैगरी प्रदर्शनकारीले नौवटा सरकारी सवारीसाधन, छवटा सरकारी वा निजी नखुलेका सवारीसाधनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले विभिन्न १४ स्थानमा आगजनी गर्नुका साथै नौवटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट गरेका थिए । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.