
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनलाई गत्तिलो झापड हिर्काएका छन् । कम बोल्ने तर काम धेरै गर्ने छवि बनाएका मेयर शाहले चीनलाई कहिल्यै नविर्सने गरि सबत सिकाएका हुन ।
बालेन राष्ट्रियताको मुद्धामा सधै अडिग रहँदै आएका छन् । उनले काम नगर्ने मन्त्री देखि प्रधानमन्त्रीसम्मलाई बेला बेला सबत सिकाउँदै आएका छन् । नेपालकी विभूति सिताको अपमान गरेको भन्दै फिल्म नै प्रतिबन्ध गर्ने देखि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेर भारतलाई हामी पनि कम छैनौं भन्ने सन्देश दिएका बालेनले चीनलाई पनि उसै गरी हौसियत देखाइदिएका छन् ।
नयाँ वर्षको कार्यक्रम ठमेलमा गर्न अनुमति माग्दै चिनियाँ दूतावासले गरेका प्रस्ताव बालेनले ठाडौ अस्वीकार गरेका छन् । ठमेलमा कार्यक्रम गर्दा ट्राफिक समस्या हुने भन्दै चिनलाई नयाँ वर्षको कार्यक्रम कलंकी देखि महाराजगञ्ज सम्मको चक्रपथका गर्न अुनमति दिएका छन् । जुन चीनीयाँ कम्पनीले बर्सौ देखि अलपत्र पार्दै आइरहेको छ । चक्रपथ विस्तारको काम वर्षौ सम्म पनि नहुँदा नागरिकहरुले सास्ती भोग्दै आइरहेका छन् ।
चिनियाँ दूतवासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए । पत्रमा काठमाडौं महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।
लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो ।
तर, काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनको चुनौति र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ । पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा’ धन्यवाद दिँदै स्थान परिवर्तन गरेर अन्यत्र कार्यक्रम गर्न सुझाएको छ ।
अघिल्ला वर्षहरुमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो । तर, यसपटक अनुमति नदिनुका पछाडि बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती कारण रहेको मेयर बालेन शाहको सचिवालय स्रोतले जनाएको छ ।
पत्रमा भनिएको छ सम्भावित यातायात जाम र अव्यवस्थाको कारण, काठमाडौं महानगर कार्यालयले कार्यक्रम सहज रूपमा सम्पन्न गर्न कलंकीमहाराजगंज सेगमेन्टमा आयोजना गर्न सुझाव दिन चाहन्छ। काठमाडौं शहरले पारस्परिक सहयोग, सहकार्य र समन्वयमा विश्वास गर्दछ । काठमाडौंमा पर्यटनलाई बढावा दिन दिएको चासोको लागि आभार व्यक्त गरिएको छ ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम







COMMENT
.