
काठमाडौं,। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
सडक विभागद्वारा आज यहाँ आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो । आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उनले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिएका थिए ।
“आवको अन्त्यतिर हतारहतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ”, मन्त्री दाहालले भने, “बेलामा काम नथाल्ने अनि बित्न लागेपछि हतार गरेर प्रभावकारी परिणाम निस्कदैन, त्यसैले अहिलेदेखि नै काम अघि बढाउनु होला, गत आवको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय तथा सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा महत्त्वपूर्ण अर्थ राख्ने मन्त्री दाहालको भनाइ थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै उनले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिनेमा जोड दिएका थिए ।
गुणस्तरमा सम्झौता नगर्नु
कुनै पनि पूर्वाधार निर्माणलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताएका थिए । उनले भने, “छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन । समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।” वर्षायाम सुरु भइसकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी स्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिएका थिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापनतर्फ ध्यान दिन आग्रह गरेका थिए । मन्त्रालयले गत आवमा विगत छ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आव २०८१र८२ मा छ वर्षयताकै सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यसअघि जनाइसकेको छ ।
यस्तै सडक विभागका महानिर्देशक डा विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताएका थिए । वर्षको अन्त्यमा चाप पर्न नदिने गरी तत्कालैदेखि काम सुरु गरी छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनको भनाइ छ । वर्षाको समयमा सकेसम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सकेसम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ । रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.