
पर्सा –भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् । भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो ।पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बताए । कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगञ्ज नाका हुँदै घर फर्किएको गौतमले बताए ।
उनका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगञ्ज हुँदै घर फर्किएका छन् । फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी पर्साकै हुन् । केही विद्यार्थी मात्रै अन्य जिल्लाका छन् ।‘थप विद्यार्थी आउने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर विवरण सङ्कलन गरेर सुरक्षित रुपमा घरसम्म पुर्याउने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘विद्यार्थीहरू अधिकांश पर्सा तथा बारा, रौतहट र मकवानपुर लगायतका छन् ।’
वीरगञ्जको शङ्कराचार्य गेट हुँदै आएका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलका दुईवटा स्कुल बसमा सिमरासम्म पुर्याइएको छ । स्कुलका सहायक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले आइरहेको अर्को समूहका विद्यार्थीलाई लिन बस पठाइने बताए ।नेपाल फर्किएका विद्यार्थीले विश्वविद्यालयले अत्याचार गरेको बताएका छन् । प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि विरोध गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गुन्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै होस्टेलबाट निकालेको विद्यार्थीहरूले बताए ।
‘हामीलाई आफ्नो सामान जम्मा गर्नसमेत समय दिएनन् । होस्टेलमा आएका गुन्डाले कुटपिट गर्दै निकाले,’ वीरगञ्ज आइपुगेका ती विद्यार्थीले भने, ‘केटा–केटी दुवैलाई कुटपिट गर्दै निकाले । हाम्रा कयौँ साथीरू घाइते छन् ।’ भुवनेश्वरका विभिन्न रेल स्टेशनमा जबरजस्ती छाडिएकामध्ये करिब ३ सय विद्यार्थी कोलकाता पुगेका थिए । त्यहाँबाट उनीहरू फरक फरक बाटो हुँदै घरसम्मको यात्रामा लागेका हुन् ।आइतबार अपरान्हन रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत भेटिएपछि आन्दोलित नेपाली विद्यार्थीमाथि ज्यादती भएको थियो । उक्त प्रकरणमा कलेजका महानिर्देशकसहित अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.