काठमाडाैं । प्रहरी हिरासतमा रहेका रवि लामिछाने न्यायाधीशका अगाडि भक्कानिएका छन् । प्रहरीले आठौं पटक म्याद थप गर्न अदालत पुर्याएपछि रविले भक्कानिँदै न्यायाधिशसामु आफ्नो कुरा राखेको थिए । उनले आफूलाई पक्राउ गर्दा प्रहरीले के नयाँ प्रमाण भेटियो भन्दै न्यायाधीशसामु जिज्ञासा राखेका थिए ।
‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ । यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, यो चाहीँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहीँ के छ ? भनेर मैले पटकपटक सोधेँ । जवाफ आजसम्म पाएको छैन । रविले इजलासमा भने यसलाई समाएका कारण हामीले यो जोगायौँ, अनुसन्धानमा यस्तो प्रमाण भेट्टायौँ भन्ने एउटा चिज देखाइदिए म सन्तुष्ट हुन्थेँ श्रीमान ।’
लामिछानेले राखेको जिज्ञासामा न्यायाधीश बेलबासेले ‘तपाईंको यो अनुभव पछि काम लाग्छ’ भन्दै जवाफ फर्काएका थिए । सहकारी प्रकरणमा कास्की प्रहरीमा रहेका लामिछानेलाई प्रहरीले मंगलबार आठौँ पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएको थियो । रविलाई अझै चार दिन हिरासतमा राख्ने अदालतको अनुमति दिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.