
तेहरान – सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा पत्रकारहरूसँग भने, “नोभेम्बर २७ देखि अहिलेसम्म दुई लाख ८० हजार विस्थापित भएको हामीलाई जानकारी प्राप्त भएको छ ।
दमास्कसबाट प्राप्त समाचार अनुसार सिरियाली सेनाले सहयोगी राष्ट्र रूससहितका लडाकु विमानको सहयोगमा शुक्रबार हामा प्रान्तमा ‘विद्रोहीका सवारी साधन र भेला’ लाई निशाना बनाएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । “हाम्रो सशस्त्र बलले हामा प्रान्तको उत्तर र दक्षिणमा रहेका विद्रोहीका सवारी साधन र भेलालाई तोपखाना, क्षेप्यास्त्र र सिरियाली–रूसी लडाकू विमानको प्रयोग गरी निशाना बनाइरहेको छ,” सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, लेबनानको राजधानी बेरुतबाट प्राप्त जानकारी अनुसार इस्लामवादी नेतृत्वको विद्रोहीले शुक्रबार सिरियाको तेस्रो शहर होम्सबाट केही दूरीमा रहेका दुई रणनीतिक सहरलाई आफ्नो नियन्त्रणमा लिएको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले जनाएको छ ।
राइट्सका प्रमुख रामी अब्देल रहमानले भने, “हयात तहरीर अल–शाम र सहयोगी समूहहरू रास्तान र ताल्बिसेहलाई कब्जा गरेपछि होम्स शहरको बाहिरी इलाकाबाट पाँच किलोमिटर टाढा पुगेका छन् । उनले होम्सलाई नियन्त्रण गर्नाले विद्रोहीहरूले सिरियाली तटतर्फ जाने मुख्य सडक काट्न सक्ने बताएका छन् ।
सरकारबाट दोस्रो शहर अलेप्पो कब्जा गरेको केही दिनपछि इस्लामिक समूह एचटीएस र सहयोगी लडाकुहरूले बिहीबार कब्जा गरेको हामाको दक्षिणमा होम्स छ । विद्रोही सैन्य कमाण्डर हसन अब्देल घानीले शुक्रबार टेलिग्राममा एक वक्तव्य जारी गर्दै भन्नुभयो, “हाम्रो सेना होम्स शहरतर्फ निरन्तर अघि बढिरहेको छ ।
मार्च २०११ मा सिरियाको विद्रोह सुरु भएपछि शहरमा व्यापक विरोध प्रदर्शन भएका कारण होम्सलाई कुनै समय ‘क्रान्तिको राजधानी’ भनिएको थियो। द्वन्द्वको प्रारम्भिक वर्षहरूमा, होम्सले विपक्षी गुटहरू र सिरियाली सेनाबीच भीषण युद्धको मार खेपेका थिए । सन् २०१७ को मार्च र मे महिनाको बीचमा होम्सको विद्रोहीको कब्जामा रहेको अन्तिम किल्ला वेरबाट युद्धविराम सहमति अनुरूप हजारौंलाई सुरक्षित स्थानमा सारिएको थियो ।
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.