• २५ माघ २०८१, शुक्रवार
  • विज्ञापनको लागि: 9813655251

शीतलहरले नेपालगञ्जमा हवाई सेवा प्रभावित

८ माघ २०८१, मङ्गलवार
29

बाँके– बाक्लो हुस्सु लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा  हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजिबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताए ।

उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको  जानकारी दिए । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौं, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।

उनका अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजिबिलिटी  आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेका छन् ।  शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 

COMMENT

.