
काठमाडौं – दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।
किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।पोस्टमार्टम हिजो नै सकिए पनि रात परेकाले शव आज मात्रै अछाम लगिँदैछ ।
‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य खुल्न सक्छ । अहिले भन्न सकिने अवस्था छैन । भर्खरै शव ल्याउँदै छौँ । सम्भवतः शव आजै आफन्तलाई बुझाउँछौँ’ डीएसपी भण्डारीले भने ।
आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म दुईजना नियन्त्रणमा छन् । उनीहरूको पहिचान खुलाइएको छैन ।किशोरीहरूका आफन्तले हत्या नै भएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन् । आफन्तले ५ जनाको नाममा जाहेरी दिने तयारी गरेका छन् ।यसैबीच, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले पनि अनुसन्धानका लागि छुट्टै टोली अछाम पठाएको छ ।
प्रदेश प्रहरी प्रमुख तथा डीआईजी गणेश चन्दले जिल्ला प्रहरी कार्यालय अछामले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताए । ढकारी गाउँपालिका– ८ पल्साताका दुई किशोरी गत शनिबार साँझ जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरू बाख्रा चराउन शुक्रबार जङ्गल गएका थिए ।
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

COMMENT
.