पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा सुतिराखेको भनिएको सिसिटिभी क्यामेरा तस्बिरबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उक्त तस्बिर ‘फेक’ हो या वास्तविक हो भन्ने चर्चा भइरहेका बेला कास्की प्रहरीले तस्बिरबारे अनुसन्धान भइरहेको बताएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले तस्बिरबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘तस्बिर मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ उहाँ बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ तस्बिरबारे रास्वपाका कार्यकर्ता समेत रहेका डाक्टर निकोलस भुसालले तस्बिर आफूले खिचेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्।
वास्तवमा भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएको बताएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.