
दमौली (तनहुँ), २२ वैशाख – तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक पुर्याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन् । जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो ।
भिमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतीमा स्थापना गरेको छ । यसअघि अरौँदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताएका थिए । उनले भने, “जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौँ । भानुमती भेगका जनतालाई अरौदीसम्म आएर सेवा लिन एक दिन छुट्याउनुपथ्र्यो, सवारी साधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो । भानुमतीमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन् ।” उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताएका थिए । यस्तै जिल्लाकै आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रूपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो । आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङबँेसीमा स्थापना गरिएको छ । सङ्घीय शासन प्रणालीअन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गरूङले जानकारी दिएका थिए ।
उक्त वडाको प्रमुख कार्यालय सानोभञ्ज्याङमा रहेकाले बरालुङबेँसी र वरपरका बस्तीहरूका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ । आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समयअगाडि प्युघरफाँटमा स्थापना गरिएको थियो । प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ । वडा नं ६ का सर्वसाधारणलाई घण्टौ पैदल तथा महङ्गो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरूङले जानकारी दिएका थिए । सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू दिइएको छ ।
हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरूङले जानकारी दिनुभयो । त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनको भनाइ छ । उनले भने, “यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रूपमा जनताले सेवा पाउनेछन् ।”
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्ने बताउछन् । जनप्रतिनिधि जनताका शासक नभई सेवक भएकाले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, “हिलेखर्कसम्म पुग्न अप्ठ्यारो परिरहेको थियो । प्युघर क्षेत्र वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालयबाट सहज हुनेछ ।” चुमानले सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले भने, “यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्नेछ । यो कार्यालय खोल्नुका प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिन रूपमा सेवा दिने हो ।” रासस
SHARE
RELATED_NEWS

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :प्रतिनिधि सभा बैठक, २०८२ वैशाख २३ गते, मंगलबार बिहान ११:०० बजे


सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति







COMMENT
.