 (1).jpg)
जलेश्वर (महोत्तरी), २७ फागुन –नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ ।
भगवान् रामचन्द्र (मिथिलाबिहारी) र माता सीता ९किशोरीजी० को डोलासँगै १५ दिनसम्म नेपाल र भारतका विभिन्न १५ धार्मिकस्थलमा बास बस्दै गरिने यस परिक्रमा यात्राले संसारको सबै दुःख, कष्टबाट मुक्ति मिल्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठक बताएका छन् । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रमा लामो पैदल यात्रा रहेकाले यस यात्रालाई मिथिलाको महाकुम्भ मानिन्छ । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाको क्रममा नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्रामस्थल छन् ।
विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ । मिथिलामहात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा छ । यात्राभरि यात्रीहरुसँग भगवान् रामचन्द्र र माता सीताले यात्रा गर्ने विश्वास गरिन्छ । यात्रीले मृत्युपश्चात् स्वर्ग प्राप्त गर्ने धार्मिक मान्यता रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् धु्रव रायले बताएका छन्।
प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी फागुन पूर्णिमाको तिथिपारि पारेर होली खेलेर समापन गरिन्छ । सीताको जन्मभूमि जनकपुरधाम ऐतिहासिक मिथिला राज्यमा पर्दछ भने मिथिलाका राजा जनकले प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको किंवदन्ती छ । जलेश्वर नगरपालिका–८ का पं बद्रीनारायण झाका अनुसार भगवान्को भक्ति गर्दै भगवान्सँगै गरिने यस यात्राका सहभागीहरुले चारधामको यात्रा बराबर फल प्राप्त गर्ने विश्वास गरिन्छ ।
प्रत्येक वर्ष फागुन शुक्लप्रतिपदाका दिन मिथिला नगरपालिकाको कचुरी गाउँमा अवस्थित मिथिला विहारीको कुटीबाट मिथिला विहारी (भगवान् रामचन्द्र) तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजी (माता सीता)को डोला (पालकी)का साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी, भजनकीर्तन र साधुसन्त, महात्मा तथा हजारौँ यात्रीहरु परिक्रमा यात्रा सुरु गर्छन् ।
जनकपुरको हनुमानगढीबाट सुरु हुने परिक्रमाका यात्री पहिलो बासका लागि सीमावर्ती भारतीय गाउँ कलानेश्वर पुग्छन् । भजनकीर्तन गर्दै भगवान्को डोलाको अघिपछि पुग्ने यात्रीहरु राति भगवान्कै डोलाको चारैतिर बसेर भजनकिर्तन गर्ने, खानपिन गर्ने र सुतेर रात बिताउँछन् ।दोस्रो दिन भारतकै सीमावर्ती गाउँ गिरिजास्थानमा बासका लागि पुग्छन् । तेस्रो रातको विश्रामका लागि नेपाल प्रवेश गर्दै महोत्तरीको मटिहानी आइपुग्छन् । यहाँ परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गर्दै विश्रामस्थलमा खानपानको व्यवस्था गर्दै आएको छ । मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधिभएको सम्झना गरिँदै यहाँ परिक्रमाको तेस्रो दिनको पराव ९विश्राम० गरिने गरिन्छ । यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, महोत्तरी गाउँपालिकाको मडैगाउँमा पाँचौँ, बलवा नगरपालिकाको धु्रवकुण्डमा छैटौँ र भङ्गहा नगरपालिकाको कञ्चनवन गाउँमा सातौँ दिनको बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वता पुग्छन् ।
धनुषाकै धनुषाधाममा नवौँ, षतोषरमा दशौँ, औरहीमा एघारौँ, फेरि भारतको करुणामा बाह्रौँ, भारतकै विशौलमा चौधौँ र अन्तिममा जनकपुरधाममा आएर पन्ध्रौं दिनको विश्राम गर्ने परम्परा छ । यस परिक्रमा यात्रामा नेपाल–भारतका हजारौँ साधु, सन्त महन्थ र गृहस्थहरुको सहभागिता रहँदै आएको छ । यात्रामा मिथिलाञ्चलका प्रत्येक गाउँ बस्ती मात्रै नभएर प्रत्येक घरका वयोवृद्धसहित तीनै पुस्ताको उल्लेख्य सहभागिता रहने गरेको छभने कतिपय घरका सदस्यहरुले जीवनमा पाँच पटक, सात पटक र कसैकसैले १० पटकसम्म यात्रा गरेको पाइन्छ ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार यात्राका क्रममा नेपाल र भारतका १५ वटै पराव ९विश्राम० स्थलमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । जहाँ लाखौँ रुपैयाँको कारोबार हुने गर्दछ । उहाँका अनुसार यस मेलामा खाद्यान्नदेखि घरायसी प्रयोजनका सामग्रीको किनमेल, खेल मनोरञ्जनलगायतका क्षेत्रमा व्यापार हुने गर्दछ ।
यस वर्ष फागुन १५ गतेदेखि सुरु भएको १५ दिने माध्यमिकी परिक्रमा यही फागुन २९ गतेसम्पन्न हुनेछ । रासस
SHARE
RELATED_NEWS

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now : संघीय संसद संयुक्त बैठक अधिवेशन,२०८२ जेठ १५ गते बिहीबार दिनको ३ः०० बजे || Today Live



प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक






COMMENT
.