काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् ।आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’
लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको पार्टी कार्यालयमा बाक्लो उपस्थिति छ ।सहकारी ठगी प्रकरणमा लामिछानेको सांसद पद अहिले पनि निलम्बनमा छ ।
उनको अदालतमा मुद्दा विचाराधीन भए पनि पार्टीको जिम्मेवारीमा फर्कन लागेका हुन् । रास्वपाले पुस ८ गते लामिछानेको ठाउँमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.