• २ जेठ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई अदालत लगिँदै

१४ वैशाख २०८२, आइतवार

काठमाडौं - तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्यविरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ ।

पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । 

वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।


COMMENT

.