
राँझा (बाँके), १८ चैत – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् ।
गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताएका छन् । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आएका रिजालले गर्मीयाममा दैनिक ३००/४०० जना घुम्न पुग्ने गरेको जानकारी र्दिका थिए। गर्मीयाममा प्राकृतिक रुपमा बगिरहेको झरनामा नुहाउने र पोखरीमा पौडी खेल्न यहाँ आउने गरेको राप्ती सोनारी–३ बैजापुर निवासी टारजन वलीले बताएका छन्। पछिल्लो पटक टाढाबाट समेत मानिसहरु जिप, कार र मोटरसाइकलमा आएर दिनभर रमाउने गरेको उनको भनाइ छ ।
सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा भएको सामान्य पूर्वाधार विकाससँगै खानेपानीको धारा, पौडी खेल्न मिल्ने पोखरी र वनभोज गर्न मिल्ने सामान्य संरचना निर्माण भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको स्थानीय जुद्धबहादुर पुनले बताएका छन्। जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सविन पुनले उल्लेख गरेका थिए। “बजेट अभावमा पूर्वाधार विकास गर्न सकिएको छैन, तर पनि पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या बढ्दो छ”, उनले भनेका छन्, “शनिबार र सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको भीडभाड हुने गर्दछ ।”
धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारसँग बजेट माग गरे पनि कहीँबाट बजेट विनियोजन हुन नसकेको उनको गुनासो छ । बर्सातमा बाढीले भत्काएको सडक समेत बजेट अभावले निर्माण गर्न नसकिएको पुनले जानकारी दिएका छन् । सदरमुकाम नेपालगञ्जबाट करिबबाट २५ किलोमिटर पूर्वमा राप्ती नदीपारि अवस्थित धुमैया जलाधार क्षेत्र पुग्न बिनौना चिलहरिया चोकसम्म पक्की हुलाकी राजमार्ग रहेको छ । चिलहरिया चोकदेखि करिब तीन किलोमिटरको कच्ची सडक पार गरेपछि सजिलै यहाँ पुग्न सकिन्छ । गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले धुमैया जलाधार क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन्। रासस
SHARE
RELATED_NEWS

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री

उत्तर कोरियासँग ‘सैन्य विश्वास’ निर्माण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिज्ञा

उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ धानको उत्पादन वृद्धि गरिँदै

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : अध्यक्ष प्रचण्ड

लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणको चरणमा लगिसक्ने
.jpg)
आर्थिकभार थपिने भन्दै माग सम्बोधन गर्न सरकारको आनाकानी, थप आन्दोलन चर्काउने शिक्षकहरुको धम्की

सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया:पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

ट्रम्पको अतिरिक्त भन्सार महसुलले विश्वभर हलचल, ‘मित्रले गर्ने काम होइन यो’ भन्छ अस्ट्रेलिया

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो स् सञ्चारमन्त्री गुरुङ

योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
.jpg)
.jpg)
शिक्षक महासंघको आन्दोलन आजदेखि सुरु, दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र

चीनको समेत विरोध गर्दै एमालेले भन्यो : लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम






COMMENT
.