काठमाडौं- ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले कुलमानलाई हटाउन लागेको चर्चा चलिरहेका बेला राज्यमन्त्री तामाङको यस्तो भनाइ आएको हो ।सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् । नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै उनले कुलमानलाई हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरि उनलाई मौका दिनुपर्ने उनको राय छ ।
उनले सरकारको कर्मचारीलाई चित्त नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
उत्तरपश्चिमी पाकिस्तानमा सुरक्षा मुख्यालयमा आत्मघाती आक्रमण, तीन अधिकारीको मृत्यु


COMMENT
.